लगातार अाेरालाे लाग्दै पूँजीबजार
लगातार अाेरालाे लागिरहेकाे नेप्से परिसूचक अाजपनि ७ दशमलव १९ अंकले अाेरालाे लागेकाे छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार बजार ७ दशमलव १९ विन्दुले घट्दा नेप्से परिसूचक १ हजार ६ सय ९ विन्दुमा पुगेको छ । अपराहन्न १२:४० मा बजार १४ सय विन्दु तल ओर्लिर १ हजार ३ सय ९९ मा कायम भएपनि क्रमश बजार बढ्दै ३ बजे १ हजार ४ सय ६ विन्दुमा पुगेर थामिएको हो ।
आज कुल १ सय ५८ कम्पनीको ९ लाख २९ हजार १९६ कित्ता सेयर रु ४० करोड ४८ लाख ६७ हजार ४६७ रुपैयाँमा कारोबार भएको स्टकले जनाएको छ ।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५५ विन्दुले ओरालो लाग्दा बजारमा राताम्मै भएको हो ।
आज बैकिङ ७.१७, होटल ७.८१, विकास बैंक ७.२, जलविद्युत १५.१७, फाइनान्स २.९४, विमा ०.८, उत्पादन २.४१, अन्य समूह १०.७४ ओरालो लाग्दा माइक्रोफाइनान्स भने ४.०१ विन्दुले उकालो लागेको छ ।