अर्थ

सुनको कोटा वृद्धिमा सहमत जनाइदिन राष्ट्र बैकले पठायो पत्र

सुनको कोटा वृद्धिमा सहमत जनाइदिन राष्ट्र बैकले पठायो पत्र

काठमाडौं। सरकारले सुनको कोटा बढाउने तयारी गरेको छ । बिहेको सिजनसँगै सुनको माग बढेपछि राष्ट्र बैंकले यस्तो तयारी गरेको हो ।

राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रमेशकुमार पोखरेलका अनुसार सुनको दैनिक कोटा बढाउन वाणिज्य मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

‘बजार र व्यवसायीको मागअनुसार दैनिक कोटा २५ किलो पुर्‍याउन प्रस्ताव गरेका छौं,’ उनले भने, ‘वाणिज्यबाट स्वीकृति भएपछि सोहीअनुसार बैंकहरूलाई निर्देशन दिन्छौं ।’ राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । आजको कान्तिपुरमा खबर छ ।

विशेष