अपराध सुरक्षा

३३ किलो सुन तस्करीका एक अभियुक्त शालिमार ज्वेलर्सका मालिक पक्राउ

३३ किलो सुन तस्करीका एक अभियुक्त शालिमार ज्वेलर्सका मालिक पक्राउ


काठमाडौं । सुन तस्करी आरोपमा शालिमार ज्वेलर्सका सञ्चालकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा बरामद साढे ३३ किलो सुनको तस्करी आरोपमा ज्वेलर्सका सञ्चालक राहुल गोयललाई पक्रउ गरेको ब्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।

अघिल्लो वर्ष पुस २१ गते विमानस्थलबाट साडे ३३ किलो अवैध सुन सिआइवीले नियन्त्रणमा लिएको थियो। प्रहरीले तस्करी आरोपमा ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो। प्रहरीले मुद्दा चलाएपछि गोयल फरार थिए।

विशेष