यौन-शिक्षा

यी हुन यौन सम्बन्धका चार चरण

यी हुन यौन सम्बन्धका चार चरण


काठमाडौं । सेक्सका ४ वटा चरण हुन्छन् । जस्तैः सुरुको भावनामा आउने, नजिक आइदिए हुन्थ्यो जस्तो लाग्ने चरण ‘एराउजल’ हो ।

यस चरणमा छोरी मान्छेको ‘एराउजल’ ढिलो आउँछ तर छोरा मानिसको ‘एराउजल’ छिटो आउँछ र त्यसको तादात्म्यता नमिलेको खण्डमा पनि तनाव उत्पन्न हुन्छ । पहिलो चरण भनेको उत्तेजना अर्थात् एक्साइटमेन्ट हो, सेक्सको यस चरणमा महिलाको तुलनामा पुरुषमा छिटो एक्साइटमेन्ट आउँछ र त्यसको तादात्म्यता नमिल्दा वा त्यसबीचको ग्याप हुँदा पनि मनोवैज्ञानिक रूपमा तनाव उत्पन्न हुन्छ । ‘दोस्रो चरणलाई सेक्सको स्थिर अर्थात ‘प्लेट्यु’ चरण भनिन्छ । यो सेक्सको स्थिर चरण हो ।

‘अर्गाजुम’ सेक्स प्रक्रियाको तेस्रो चरण हो अर्थात् चरमोत्कर्षको यस चरण सेक्सको चरम आनन्दको चरण हो । यो सेक्स गर्दा सबैभन्दा आनन्दको चरण हो तर यस चरणमा पति र पत्नीबीच दुवै एकैसाथ भावनामा आउनुपर्ने हुन्छ । दुवै एकैपटक उत्तेजित नहुँदा एकैसाथ दुवैले चरम आनन्दानुभूति गर्न सक्दैनन् । ‘श्रीमानश्रीमतीको बीचमा ‘अर्गाजुम’ एकैचोटी आयो भने त्यो जोडी अत्यन्तै भाग्यमानी हुन्छ, यसो भएमा उनीहरूमा तनाव हुने सम्भावना अत्यन्तै कम हुन्छ ।’
‘रिजोलुसन’ चरण सेक्सको अन्तिम अर्थात चौथो चरण हो । यो चरणमा सेक्सको आनन्द लिई पुरानै अवस्थामा फर्किनु हो । डा। अधिकारीका अनुसार धेरै जसो पुरुषको ‘अर्गाजुम’ छिटो आउँछ तर महिलाको ‘एराउजल’ तथा ‘एक्साइटमेन्ट’ पछि मात्र आउँदै गरेको हुन्छ । त्यस कारण सेक्सको आनन्दको तादात्म्यता नमिल्दा तनाव, शंकाउपशंका, पारिवारिक कलह आदि समस्या उत्पन्न हुन्छन् ।

विशेष