पर्यटन

तीन महिला ट्रेकिङ गाइड सगरमाथा चढ्ने

तीन महिला ट्रेकिङ गाइड सगरमाथा चढ्ने

काठमाडौं । तीनजना महिला सगरमाथा चढ्ने भएका छन् । लामो समयदेखि ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएका तीनजना महिला सगरमाथा चढ्ने भएका हुन् ।

‘महिला आत्मनिर्भरका लागि पर्वतारोहण’ भन्ने मुल नारा लिएर पर्यटन क्षेत्रमा महिलाको सहभागी वृद्धि गराउने लक्ष्यका साथ तीन महिला सगरमाथा चढ्न लागेको बताइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने आरोहीको लक्ष्यसहित उनीहरु सरमाथा चढ्न लागेका हुन् ।

१० वर्षदेखि ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएकी लाक्पा याङ्जी शेर्पाले वुमन–एभरेष्ट एक्पिडिसन–२०१८ टिमको नेतृत्व गर्ने बताएकी छिन् ।

यस्तै अन्य सदस्यहरुमा ५ वर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएकी याङ्डी शेर्पा र १३ वर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएकी पाशाङ ल्हामु शेर्पा रहेको बताईएको छ ।

उनीहरुले आरोहणका क्रममा करिब १ करोड १२ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिएका छन् । उनीहरुले अप्रिल ७ गते काठमाडौंबाट जाने र मौसमले साथ दिए मे १८ मा विश्वको सर्वोच्च शिखरमा चड्ने योजना रहेको जानकारी दिए ।

विशेष