अपराध सुरक्षा

४ कराेड मूल्य बराबरकाे लागूअाैषधसहित विदेशी नागरिक पक्राउ

४ कराेड मूल्य बराबरकाे लागूअाैषधसहित विदेशी नागरिक पक्राउ

काठमाडाैं । करिब ४ करोड रुपैयाँ मूल्य बराबरको एक किलो ९०० ग्राम लागुऔषध कोकिनसहित दुईजना विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २८ वर्षीय बोलिभियन नागरिक फ्रिडी ममानी आन्डीया र २८ वर्षीया थाई महिला खाउन्जाई खनारत रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोले बिहीबार उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो । 

कालो सुटकेसभित्र कार्बन पेपरमा बेरेर रोखेको अवस्थामा कोकिन बरामद भएको ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे । बोलिभियन नागरिक आन्डीया ब्राजिल, इथियोपिया, भारत हुँदै नेपाल आएको प्रहरीले जनाएको छ ।

थाई महिला भने थाइल्यन्डबाट सोझै नेपाल आएको र दुवैजनाले कोकिन लेनदेन गर्न लागेको अवस्थामा होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसअघि, २०७३ सालमा तीन किलोभन्दा बढी कोकिनसहित बोलिभियन महिला र गत असोज महिनामा दुई किलोभन्दा बढी कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेका थिए ।

विशेष