अर्थ

पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

काठमाडौं । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ ।

बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२र०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२-०७३ मा १ अर्ब १६ करोड, २०७३-०७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४-०७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।

हाल आयात गरिएको इन्धनमा भन्सार बिन्दुमै पूर्वाधार कर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लाग्छ । सोही अनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको निगमले जनाएको छ । –कान्तिपुर दैनिकबाट

विशेष