अपराध सुरक्षा

बब्लु पौडेलका हत्यारा तीन पक्राउ, प्रहरीले सार्वजनिक गर्दै

बब्लु पौडेलका हत्यारा तीन पक्राउ, प्रहरीले सार्वजनिक गर्दै


काठमाडौं । रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल बलु को हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २१ पुसमा फर्निचर व्यवासायी पौडेलको गोली हानी हत्या गरिएको थियो ।

 

पाडैल हत्याको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ परेकाहरुलाई आइबार दिउँसो ४ बजे पत्रकार रुपन्देहीमा सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

 

घटनामा मनोज पुन समूहकै संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । यसअघि घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए ।

 

गत पुस २६ गते रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा पौडेलको टाउकोमा गोली लागेको थियो । काठ मिलमा गएका पौडेललाई बिहान करिब सवा ११ बजे डिस्कोभरी मोटरसाइकलमा आएका २ जनाले गोली हानेर भागेका थिए । असपताल पुर्याउदा उनलाई डाक्टरले मृत घोषित अरेको थियो ।

 

यसअघि गत वर्ष पौडेलका साथी ४० वर्षीय पौडेल दुर्गा तिवारीको पनि गोली हानी हत्या गरिएको थियो

विशेष