पर्यटन

बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

कपिलवस्तु । प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्रार्थना गरेका छन् । उनीहरुले विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका हुन् ।

उनीहरुले तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम कुदानमा पुगी सामूहिक प्रार्थना गरेको बताईएको छ ।

कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु आएका हुन् । निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको सियोलस्थित एएसटी पोस्टमा रहेको विहारका मुख्य भिक्षु पिउ परुन सनिमले बुद्धको क्रिडास्थल आउन पाउनु सौभाग्यको विषय भएको बताए ।

कोरियाबाट हरेक वर्ष बुद्धस्थलको भ्रमण गर्न ठूलो सङ्ख्यामा बौद्धमार्गी नेपाल आउने गर्दछन् । तिलौराकोट बुद्धको क्रिडास्थल र जोडी स्तुपलाई बुद्धका मातापिताको समाधिका रुपमा मानिएको छ । 

विशेष