अपराध सुरक्षा

१३ वर्षिय बालिका करणी गरेको अभियोगमा समातिए तामाङ

१३ वर्षिय बालिका करणी गरेको अभियोगमा समातिए तामाङ


काठमाडौ । जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका–६ घर भई काठमाडौ महानगरपालिका–८ फोर्सपार्क बस्ने २१ वर्षीय लेकलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 


तामाङले रामेछापको फुलासी पोखरी घर भई काठमाडौँ महानगरपालिका–७ बस्ने १३ वर्षीया बालिकालाई आइतबार उनकै कोठामा जबरजस्ती करणी गरेको बताइएको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष