अपराध सुरक्षा

फरार 'सांसद' सिलवालकाे खाेजीमा १ सय ९२ देशका सुरक्षा निकाय सक्रिय

सिलवाललार्इ पक्राउ गर्न इन्टरपोलकाे यस्ताे अादेश

फरार 'सांसद' सिलवालकाे खाेजीमा १ सय ९२ देशका सुरक्षा निकाय सक्रिय

काठमाण्डौ । नेपाल प्रहरीले पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्ने डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतवार नोटिस जारी गरेको हो ।

 

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि उनी फरार छन् । प्रहरीले सिलवाल अहिले देशभित्र नभएको अनुमान गरेको छ ।

 

गत बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाल नेपालमा नरहेको भन्दै अपराध अनुसन्धान विभागलाई लिखित जानकारी गराएको थियो । आइतबार १ सय ६५ जना प्रहरिको टोलीले सिलवालाई भट्टेडाडामा खोजी गरेपनि नभेटिएपछि नोटिस जारी गरेको हो ।

 

प्रहरीले केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउन निर्देशन दिएको थियो ।

 

सिलवालले इन्टरपोलमा नोटिस जारी हुने संकेत पाएलगत्तै सामाजिक सञ्जाल चलाउन छाडेका छन् भने भाइबरसमेत निश्क्रिय बनाइसकेका छन् । अव इन्टरपोलमा जाडिएका १ सय ९२ देशका सुरक्षा निकायले सिलवालको खोजी गर्ने छन् ।

 


सिलवाल एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन् ।

 

विशेष