बैंकिङ

एनआसी एसियाका दुई नयाँ शाखा झापाकाे धुलाबारी र काकरभिट्टामा

एनआसी एसियाका दुई नयाँ शाखा झापाकाे धुलाबारी र काकरभिट्टामा

झापा । एनआईसी एशिया बैंकका दुई नयाँ शाखा मेचिनगर नगरपालिका वडा नं. १०, झापास्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, धुलाबारीमा सञ्चालनमा आएका छन् ।

 

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले आज एक कार्यक्रमका बीच धुलाबारी र काकरभिट्टा शाखाको उद्घाटन गरेका हुन् ।

 

यो सँगै अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैकले जनाएका छ ।


सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि बढाउने बैकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

विशेष