देउवा सरकारविरूद्ध यसरी उत्रिए सामाजिक परिचालक (भिडियाे/तस्विर)
चन्द्र रार्इ/नेत्र पाैडेल
काठमाडौं । सरकारले अवकास दिएर बिचल्ली पारेको भन्दै सामाजिक परिचालकहरु विगत १० दिनदेखि आन्दोलित बनेका छन् । पुनःवहालीकाे माग गर्दै काठमाडाैमा प्रदर्शन गरेका छन् । संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले २०७४ पुष १४ गते सामाजिक परिचालकहरुलाई सेवाबाट अवकास दिएको थियो । सरकारले अवकास दिए लगत्तै उनीहरू आन्दोलित भएका हुन्।
स्थानीय तहमा कर्मचारी समायाेजनमा याेग्यता र उमेर हदबन्दी खारज गर्नु पर्ने मागसहित उनीहरूले मंगलबार बानेश्वरमा सरकार विराेधी नाराबाजी गरेका छन् । वर्षौसम्म जनताको सेवा गरेको भए पनि सरकारले त्यतिकै अवकास दिएर बिचल्लीमा पारेको भन्दै आन्दोलित उनीहरु आन्दोलनमा उत्रिएका हुन । आन्दोलित पूर्व सामाजिक परिचालहरुकले सरकारले तत्काल पुर्नवहाली गर्नुपर्ने माग राखेका छन् ।
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पुर्नवहाली गर्न माग गरेका सामाजिक परिचालकहरुले माग पूरा नभएकाले आन्दोलन गर्नु परेको बताएका छन् । पौष १४ गतेसम्म नेपालमा सामाजिक परिचालकको रुपमा ४ हजार ७ सय जना कार्यरत थिए ।