९ अंकले अाेरालाे लाग्याे नेप्से
लगातार अाेरालाे लागिरहेकाे नेप्से परिसूचक अाजपनि ९ अंकले अाेरालाे लागेकाे छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक १ हजार ३ सय ९३ विन्दुमा पुगेको छ ।
उत्पादनमूलक समूहबाहेक अरु सबै समूह रातो रहे । बिमा समूह सबैभन्दा उच्च ८७ अंकले ओरालो लाग्यो । होटल समूह ३७ अंकले र जलविद्युत् समूह २९ अंकले तल झरे । अरु समूह सामान्य अंकले ऋणात्मक रहे । उत्पादनमूलक समूह भने स्थीर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीका ८ लाख २८ हजार कित्ता सेयर जम्मा ३२ करोड २६ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
today nepal stock exchange