अर्थ

एक खर्ब ढाँटेर बजेट बनाइयो

एक खर्ब ढाँटेर बजेट बनाइयो

काठमाडौं। सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ ।

यस वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने अनुमान गरेको थियो । तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले हालै निकालेको तथ्यांकले यस वर्ष एक रुपैयाँ पनि बचत भएर आउने अवस्था देखाएको छैन ।

गत वर्ष बचत होइन, सरकार उल्टै ४८ अर्ब घाटामा गएको देखिएको छ । आजको नागरिकमा खबर छ ।

विशेष