नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने पक्राउ
रूपन्देही । नेटवर्किङ व्यवसायमा जागिर लगार्इदिने भन्दै ठगी गर्ने पाँच जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ ।
भारतकाे गाेरखपुर, कुशिनगर तथा बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगार्इदिने भन्दै नेपाली युवा युवतीबाट पैसा असुल्ने तीनवटा कम्पनीमा काम गर्ने गिराेहलार्इ प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले ड्रिम डेभलपर्स ट्रडमार्ट प्राली गोरखपुर, विन विन ट्रडमार्ट प्राली वनारस, फुल्टन ट्रडमार्ट प्राली कुसिनगरमा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाउँदै नेपाली युवा युवतीबाट पैसा असुल्ने लमजुङको दोर्दा गाउपालिका ५ का दर्पण लामा, दाङ लमही ४ का कुशलराम चौधरी, धादिङ रोलाङ ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानी खोला गाउपालिका ३ का चन्दित सिंह तथा बारा नीजगढ १२ का दावा लामालाई पक्राउ गरेको हो ।
प्रहरी प्रवत्ता डिल्ली नारायण पाण्डेले उनीहरु माथि संगठित ठगी मुद्धा दायर गरेको बताए ।
उनले गाँउका सीधा सादा व्यक्तिाई एजेण्ट मार्फत सम्पर्क गराई भारतमा सञ्चालित नेटवर्किङ कम्पनीमा तालिम दिने, रोजगारी दिने त्यसका लागि सुरुमा ८ हजार ३ लाखसम्म लगानी गर्न लगाएको बताए ।