अर्थ

अार्थिक समृद्धि चाहनु हुन्छ ? यस्ताे छ टाटाकाे सुत्र

अार्थिक समृद्धि चाहनु हुन्छ ? यस्ताे छ टाटाकाे सुत्र

नेपाली युवाहरू अार्थिकाेपार्जनका लागि विदेशिने क्रम कम भएकाे छैन । त्यसका लागि नेपालमा अहिले अार्थिक समृद्धिका लागि उद्यमशीलताकाे विकास मुख्य बहस बनेकाे छ । 

अहिलेकाे समयमा धेरै पैसा कमाउने रहर सबैलार्इ हुन्छ । त्यसमाथि सुख सुविधामा रमाउने, नयाँ नयाँ ठाउँमा घुम्न जाने साथै चिल्ला गाडीमा चढ्ने कसकाे रहर नहाेला र !

तर धनी कसरी बन्ने र धनी मानिसहरूकाे सफलताकाे सुत्र के हाेला ? अार्थिक अभावबाट मुक्त हुनका लागि के गर्नुपर्छ ?

सफल बन्नका लागि चाहिने सुत्र विश्वकै चर्चित भारतीय धनाढ्य रतन टाटाले दिएका छन् । टाटा समूहका अध्यक्ष रतन टाटाले आफ्नो जीवनमा गरेको अनुभवलार्इ यसरी प्रस्तुत गरेका छन् :

-चुनौती र अवसरहरुको सही पहिचान गर्ने 

-सदैव आफूमा विश्वास राख्ने

-वास्तविकतालाई स्वीकार्ने र आत्मसाथ गर्ने

-विनम्र स्वभाव र अरुलाई आदर गर्ने

-आफ्नो सोच सधैं उच्च राख्ने

-जीवनको प्रत्यक दिन केही नयाँ गर्ने कोसिस गर्ने

-अरुसँग विश्वास कायम राख्ने

-चुनौतीहरुको डटेर सामना गर्ने र, हरेस नखाने

-अरुभन्दा केही फरक गर्ने कोसिस गर्ने

-अरुको सफलताबाट केही कुरा सिक्ने

tata

विशेष