डन चक्रे मिलनले पाए सफाइ
काठमाडौं । अवैध सम्पत्ति राखेको आरोपमा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा खेपिरहेका डन चक्रे मिलन उर्फ मिलन गुरूङ दम्पत्तीले सफाई पाएका छन् ।
सरकारले कुनै पनि प्रमाणबाट पुष्टि गर्न नसकेको भन्दै विशेष अदालत काठमाडौंले गुरुङलाई सम्पत्तीलार्इ सम्पति शुद्धीकरणको मुद्दामा सफाइ दिएको हाे ।
मिलन गुरुङका नामले समेत चिनिने चक्रे र उनकी पत्नी इन्दिरा घलेले अवैध सम्पत्ति राखेको दाबीसहित २०७० साल जेठ ५ गते सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनीहरुमाथि ७ करोड ८ लाख १७ हजार दुई सय ६६ रुपैयाँ ४१ पैसा अवैध रुपमा लुकाएको दाबीसहित विभागले जेल सजाय, जरिबाना र बिगोसहितको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
चक्रे दम्पत्तिलाई विशेष अदालतका न्यायधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले सफाईको आदेश दिएको हो ।