अपराध सुरक्षा

सलमान खानको नाममा ठगी गर्ने थापा पक्राउ

सलमान खानको नाममा ठगी गर्ने थापा पक्राउ

काठमाडौं । बलिउड अभिनेता सलमान खानले स्थापना गरेको परोपकारी संस्था ‘बिइङ ह्युमेन’को नेपाली प्रतिनिधि बनेर व्यापार गर्ने एकलार्इ प्रहरीले पक्राउ गरेकाे छ ।

 

ठगी र चेक बाउन्सको आरोपमा महानगरीय अपराध महाशाखाले राजु थापालार्इ बुधबार पक्राउ गरेको हो। खातामा पैसा नदिएको चेक दिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।


दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ चलाउदै आएका थापाले व्यापारको बहानामा विभिन्न व्यक्तिहरुसँग पैसा लिएर ठगी गरेको प्रहरीले जनाएको छ। बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ।

विशेष