अर्थ

पुँजीबजारमा सामान्य अंकले सुधार

पुँजीबजारमा सामान्य अंकले सुधार

बुधबार पुँजीबजार सामान्य अंकले सुधारिएकाे छ । बजार परिसूचक नेप्से १ अंकले सुधारिएर १३ सय ९४ विन्दुमा आइपुगेकाे छ ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च २६ अंकले ओरालो लाग्यो भने बिमा समूह सबैभन्दा उच्च १६ अंकले सकारात्मक रह्यो । लघुवित्त समूह २ अंकले र वित्त समूह सामान्य अंकले रातो रह्यो ।

होटल समूह १४ अंकले, विकास बैंक ७ अंकले, अन्य समूह ५ अंकले, व्यापार समूह ४ अंकले, जलविद्युत् समूह ३ अंकले, वाणिज्य बैंक सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका ९ लाख ३८ हजार कित्ता सेयर २६ करोड १५ लाख २५ हजार रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

today nepal stock exchange

विशेष