अपराध सुरक्षा

‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

‘रेनाल्ड’ गाडीमा अत्याधिक नाफा राख्दै बिक्री गरेको भेटियो

‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

 

काठमाडौं । आपूर्ति मन्त्रालय अन्तरगतको आपूर्ति व्यवस्थापन तथा उपाभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको निर्देशनमा शुक्रबार काठमाडौंको थापाथलीस्थित रेनाल्ड कारको आधिकारिक बिक्रेता ‘एड्भान्स्ड् आटोमोबाईल्स’ प्रालीमा अनुगमन भएको छ ।

एड्भान्स्ड् अटोमोबाइल्सले बजार मूल्यभन्दा अधिक नाफा राखेर सवारी साधान बिक्री गर्दैआएको सूचनाको आधारमा विभागले उक्त कम्पनीमा अनुगमन गरेको हो ।

विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठको नेतृत्वमा विभागको टोलीले शुक्रबार अनुगमन गरेको हो । विभागको टोलीसँगै संचारकर्मीहरुको टोली समेत थियो ।

अनगमनका क्रममा आवश्यक कागजात तथा वीलविजक नखुलेपछि विभागले कम्पनीका कागजात जपथ गरी तीन दिनभित्र विभागमा स्पष्टिकरणका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तो भेटियो अनियमितता

कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने उल्लेख छ । अनुगमनका क्रममा ऐनले निर्दिष्ट गरेका प्रावधानको अपव्याख्या गरेर ब्यापारीले मूल्य तोकेको भेटिएको हो ।

 

अनुगमनमा आएका विभागका अधिकारलाई कम्पनीका कर्मचारीले असहयोग गुर्नका साथै माग गरेका कागज पत्र उपलब्ध गराउन आनाकानी गर्दै तीन घण्टा कुराएका थिए ।

यस्तै, कम्पनीले सवारीसाधन आयत गर्दा लागेको वास्तविक लागत–खर्चको स्पष्ट विवरण पेश गर्न सकेन भने पहिचान खुलाउने गरी होडिङ बोर्ड नराखेको भेटिएको थियो ।

अनुगमनका क्रममा कम्पनीले भारतबाट तीन लाख १९ हजार ८ सय ९७ भारतीय रुपैयाँमा खरिद गरेको क्याइड् आरएकसटी जिरो एएमटी गाडी २३ लाख ५४ हजार २ सय ९० मा बचेको भेटिएको हो । त्यस्तै डस्टर आरएकई पेट्रोल गाडी ५ लाख एक हजार ४७ भारतीय रुपैयाँमा खरिद गरी ३५ लाख ५८ हजार १७ सयमा बिक्रिबितरण गर्दै आएको छ ।

एड्भान्स्डले कालोबजारी गरेको पुष्टि भए कालोबाजरी ऐन अन्तरगत कारवारहीका लागि सिफारिस गरिने अधिकृत श्रेष्ठले बताए । नेपाल सरकारले तोकेको कुनै माल वस्तुको ब्यापार गर्ने व्यक्तिले माल वस्तु र ब्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ सो माल वस्तुको अनुचित नाफा लिइ बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने कालोबजारी ऐनमा उल्लखे छ ।

पछिल्लो समय अटोमोबाईल कम्पनीका अधिकृति बिक्रेता तथा डिलरले बजार मूल्यभन्दा अधिक मूल्यमा सवारीसाधन बिक्रीबितरण गर्दैआएको उपभोक्ताले गुनासो गरेका छन् । विभागले गरेका विभिन्न अनुगमनका क्रममा कम्पनीले अनावश्यक विषयमामा खर्च भएको वीलविजक देखाइ उपभोक्तालाई ठगी गर्दैआएको भेटिएको हो ।

कम्पनीहरुले आफूखुसी मूल्य निधारण गर्दै दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन विक्री बितरण गर्दैआएको विभागका महानिर्देशक दाहाल बताउँछन् ।

 

">

 

व्यवसायीहरुले सवारीसाधनमा कालोबजारी गरेका समाचार आएपछि विभागले अनुगमन कार्यलाई तिब्र बनाएको छ । एक हप्ताको अवधिमा ११ वटा अटोमोबाईल बिक्रेता कम्पनीमा अनुगमान गरी आवश्यक अनुसन्धान सुरु गरेको छ भने केही कम्पनीलाई कारवहीका लागि टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा पठाएको छ ।

(नोटः उपभोक्ता अधिकारसँग जोडिएका सवाललाई नेपालआजले निरन्तर पछ्याउँदैआएको छ । तपाईँका छिमेकी, आफन्त व परिवारमै कोही पनि सदस्य कुनै पनि व्यवसायी वा कम्पनीबाट ठगिएका घटना छन् भने नेपालआजको कार्यालयमा तत्काल सम्पर्क गर्न सक्नुहुनेछ । हामी तपाईँको गोपनीयताको हक सुरक्षित गर्दै त्यस्ता विषयलाई टेक्स्ट वा भिडियोमार्फत समाचार बनाएर प्रस्तुत गर्नेछौँ । ९८५११२०८४४, ०१४४८२४७६, ०१४४८२४७७, ०१४४८२९५१ मा प्रत्यक्ष कल गर्न सक्नुहुनेछ । साथै [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।)

र यो पनि

कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

 

 

विशेष