अपराध सुरक्षा

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

काठमाडौं। दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् ।

संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो ।

घोटाला भएको रकम उठाउन अहिले सञ्चालक समिति सक्रिय भएको छ । संस्थानलाई नोक्सानी पुर्‍याउने कर्मचारीले आफ्नो जिम्मामा रहेको रकम नतिरेपछि उठाउन लागिएको सञ्चालक समितिका सदस्य डा। विशाल बास्तोलाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

विशेष