अपराध सुरक्षा अर्थ

अवैध रुपमा हुण्डीको कारोबार गर्ने पक्राउ

अवैध रुपमा हुण्डीको कारोबार गर्ने पक्राउ

मोरङ । अवैध रुपमा हुण्डीको कारोबार गर्ने चार जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ ।

बिराटनगर महानगरपालिका–११ बस्ने २४ बर्षीय निरन्जन कुमार साह सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हाे । सोही ठाउँमा उनीहरुले कार्यालय जस्तो बनाई अवैध रूपमा हुन्डीको कारोबार गरिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ र भारतीय एयरटेल कम्पनीको सिम कार्ड १ थान र डायरी लगायतका कागजात सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि सम्पति सुद्धिकरण अनुसन्धान बिभाग पुलचोक ललितपुरमा पठाएको छ ।

Hundi Karobari

विशेष