यौन-शिक्षा

यौन सम्पर्क बाट फाइदै–फाइदा

यौन सम्पर्क बाट फाइदै–फाइदा

शारिरिक चाहाना पुरा गर्नकालागी प्राय यौन ससम्पर्क गर्ने गरिन्छ । यो एउटा प्राकृतिक शारिरिक चाहाना हो । जसबाट धेरै फाईदा पनि लिन सकिन्छ ।

  •  हप्तामा एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
  •  यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ ।
  • तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृदयघातको संम्भावना कम देखिन्छ ।
  • यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।
  • अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।
  • अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।
  • यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाई पनि बलियो बनाउँछ ।
  • यौन सम्पर्कले मानिसमा राम्रो निन्द्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्ति हुन्छ ।

sex benefit

विशेष