अर्थ

‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

उत्पादक कम्पनीले फिर्ता मागेका बिग्रिएका ‘रेनल्ड’ गाडी नेपालमा बेचिँदैछ किन ?

‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

काठमाडौं । उपभोक्ता अधिकारबारे वर्षौँदेखि बहस हुँदैआए पनि कम्पनीहरुले ‘कालोबजारी’ गर्न छोडेका छैनन् ।

 

काठमाडौंका ठूला व्यवसायी घरानीयाले नै अत्याधिक चर्को मूल्यमा वस्तु बिक्री गर्दैआएका छन् । टेकुस्थित एड्भान्स्ड अटोमोबाइल्स प्रालीले प्रत्यक्ष रुपमा उपभोक्ता ठगी गर्दैआएको देखिएको छ ।

 

भारतबाट ‘रेनल्ड’ गाडी आयात गरी बिक्री गर्दैआएको उक्त कम्पनीले लागत खर्चमा भन्सार लगायत खर्च कटौती गरेर पनि ३५ प्रतिशत नाफा राखी गाडी बेच्दैआएको देखिएको छ । प्रत्यक्ष रुपमा उपभोक्ता ठगी गरेको बुझिएको छ ।

 

जब कि, २० प्रतिशत भन्दा बढी नाफा राखेर सामान बिक्री गर्नु गैरकानुनी मानिन्छ । कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कुनै पनि कम्पनीले २० प्रतिशत भन्दा बढी मुल्य नाफा राखेर सामान बिक्री गर्न पाइँदैन ।

 

यस हिसावले पनि ३५ प्रतिशत भन्दा बढी नाफा राख्दै गाडी बेच्दैआएको उक्त कम्पनीले कालोबजारी गरेको प्रष्ट देखिन्छ ।

 

उक्त कम्पनीले गाडी बेच्ने क्रममा काटेका केही बील हेर्ने हो भने नेपाली ८ लाखमा खरिद गरेको गाडी ३५ हजार ८१ हजार भन्दा बढी मुल्यमा बिक्री गरेको पाइएको छ । यद्यपि उक्त कम्पनीले आफना बील सार्वजनिक गर्न चाहेको छैन ।

 

कम्पनीका आधिकारीहरुले भने भन्सार कर महंगो भएकाले गाडीको मुल्य महंगो पर्न गएको दाबी गर्छन् । यस विषयमा नेपालआजले एड्भान्स्ड अटोमोबाइल्स प्रालीका एक कर्मचारी सँग कुरा गर्दा आफूहरुले महंगो भन्सार तिर्नुपरेकाले गाडी महंगो भएको दाबी गर्छन् ।

 

भन्सारमा २३८ प्रतिशत कर तिर्नुपर्ने भएकाले महंगो पर्न गएको भनिए पनि सो कर कटौती सहित ३५ प्रतिशत भन्दा बढी नाफा देखिएको छ ।

 

आपूर्ति मन्त्रालय अन्तरगत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत शुक्रबार मात्रै उक्त कम्पनीमाथि छापा मारेको छ । छापा मार्दा उक्त कम्पनीले अत्याधिक नाफा राखी गाडी बेच्दैआएको देखिएको थियो ।


बिग्रेका गाडी बिक्री गर्दै

एड्भान्स्ड अटोमोबाइल्सले बिग्रेका गाडी समेत अत्याधिक महंगोमा बेच्ने गरेको खुलेको छ । यस कम्पनीले बेच्दैआएको रेनल्ड गाडी बिग्रिएको भन्दै भारतीय निर्माण कम्पनीले भने फिर्ता मागिरहेको छ ।

 

निर्माण कम्पनी स्वयंले स्टेरिङ लगायत बिग्रेको भन्दै गाडी फिर्ता मागेको बेला नेपाली कम्पनी एड्भान्स्ड अटोमोबाइलले अत्याधिक महंगोमा बेच्दैआएको हो ।

 

भारतीय कम्पनीले बिक्री भइसकेका गाडीको निशुल्क मर्मत समेत गरिदिने बताएको छ । यसबारे नेपाली कम्पनी एड्भान्स्ड अटोमोबाइलका उच्च तहका कर्मचारीहरु बोल्न चाहेका छैनन् । यतिसम्म कि, उनीहरु बिग्रेका गाडी आफूहरुसँग नभएको दाबी गर्दैआएका छन् ।

 

बीलविजक पनि खुलाइएन

एड्भान्स्ड अटोमोबाइल्स प्रालीले गाडी बिक्री गरेको बीलविजक समेत नखुलाएको पाइएको छ । शुक्रबार विभागका महानिर्देशक कुमार प्रसाद दाहालको निर्देसनमा  छापा मार्दा समेत उक्त कम्पनीले आफ्ना बीलविजक खुलाउन सकेन ।

  

स्पष्टिकरणका लागि विभागमा उक्त कम्पनीलाई बोलाइएको छ । विभागले कम्पनीलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐन २०३२ बमोजिम कारवाही प्रक्रिया अघि बढाउने बताएको छ ।

 

छापा मार्ने क्रममा विभागका कर्मचारीहरुलाई उक्त कम्पनीले कति मुल्यमा गाडी किनिएको भन्ने जस्ता कागजात समेत देखाउन नकसेपछि कम्पनीमाथि थप आशंका बढेको हो ।

 

नेपाली ५ लाखमा खरिद गरिएको गाडी नेपाली ३५ लाखसम्ममा बिक्री गर्दैआएको पनि खुलेको भन्दै विभागले थप कडाइ गरेको हो ।

 

सुजुकी बाईकमा पनि कालोबजारी

यस्तै विशाल ग्रुपले बिक्रि वितरण गर्ने सुजुकी मोटरबाईकमा समेत लागत भन्दा अत्याधिक चर्को मुल्य राखेर बिक्री गर्दैआएको देखिन्छ ।

नेपालआजले उपभोक्ताको क्षेत्रमा हुने गरेका ठगी तथा कालोबजारीबारे नियमित रुपमा खोजमूलक सामाग्री सम्प्रेषण गर्दैआएको छ । यस क्रममा ‘रेनल्ड’ र 'सुजुकी'को बिक्रीमा एड्भान्स्ड र विशाल ग्रुपले उपभोक्ता ठगी गरेका थुप्रै उदाहरण देखिएका छन् । ३५ प्रतिशत भन्दा बढी नाफामा गाडी बिक्री गरेका बील समेत नेपालआजसँग सुरक्षित छन् ।

 

र यो पनि, 

‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

 

">

 

(नोटः नेपालआजले केही समययता नियमित रुपमा उपभोक्ता हितको क्षेत्रमा समाचार सम्प्रेषण गर्दैआएको छ । तपाईँको परिवारका सदस्य, छिमेकी वा आफन्तजनमा पनि कुनै कम्पनीले केही सामान बिक्री गर्दा बील नदेखाउने वा अत्याधिक महंगो मुल्य तोकेको पाउनुभयो भने नेपालआजको कार्यालयमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हामी त्यसलाई समाचार बनाएर प्रशारण गर्नेछौँ । जसले गर्दा कालोबजारी गर्ने कम्पनीलाई कानुनी दबाब हुनेछ । सम्पर्कका लागि ९८५११२०८४४ नम्बर ।)

विशेष