अपराध सुरक्षा

फरार कैदी टिकेलाई प्रहरीको दुई गोली, उपचार हुँदै

फरार कैदी टिकेलाई प्रहरीको दुई गोली, उपचार हुँदै


काठमाडौं । डिल्लीबजार कारगारबाट माघ ४ गते भागेका कैदी टिके भनिने टीकाबहादुर थापामगर प्रहरीको गोली लागि घाइते भएका छन् ।

टिके लुटपाट तथा डकैती मुद्दामा कैद भुक्तान गरिरहेका थिए । फरार भएलगत्तै टिकेलाई महानगरीय अपराध महाशाखाको टोलीले खोजिरहेको थियो । प्रहरीलाई देखेपछि भाग्न खोजेका महाशाखाको टोलीले उनीमाथि गोली प्रहार गरेको थियो ।

पाखुरा र तिघ्रामा गोली लागेका टिकेको भरपुरस्थित सरकारी अस्पतालमा उपचार नभएपछि काठमाडौंको वीर अस्पताल रिफर गरिएको छ । चिकित्सकका अनुसार टिकेको गोली लागेको तिघ्रा काट्नुपर्ने अवस्था छ । आजको कान्तिपुरमा खबर छ ।

विशेष