अपराध सुरक्षा

राजधानीका विभिन्न अस्पतालबाट २० नक्कली विदेशी डाक्टर पक्राउ

राजधानीका विभिन्न अस्पतालबाट २० नक्कली विदेशी डाक्टर पक्राउ

काठमाडाैं । काठमाडाैंका विभिन्न अस्पतालबाट २० जना नक्कली विदेशी डाक्टर पक्राउ परेका छन् । काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका हुन्।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूले लामाे समयदेखि उपत्यकाका विभिन्न अस्पतालमा अवैध रुपमा चिकित्सकीय अभ्यास गर्दै अाइरहेका थिए । 

 

राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलका एक सदस्य बताए । अनुसन्धान जारी रहेको र छानबिनपछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने सिआइबीले जनाएकाे छ ।

विशेष