अपराध सुरक्षा

ड्यूटी विवादले सुरक्षा गार्डको हत्या

ड्यूटी विवादले सुरक्षा गार्डको हत्या

काठमाडौं । काठमाडौंको मच्छिन्द्रबहाल स्थित मच्छिन्द्र क्लबमा कार्यरत सुरक्षा गार्डको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दोलखाका ४० वर्षीय सुरक्षा गार्ड तुलबहादुर तामाङको माघ १४ गते बेलुका हत्या भएको थियो ।

 

प्रहरीले हत्या अभियोगमा उनीसँगै काम गर्ने मकवानपुर थाहा नगरपालिका – ९ का २२ वर्षीय राजन थापालाई पक्राउ गरेको हो । दुवै जनालाई इस्ट वेस्ट सेक्यूरिटी कम्पनीले सुरक्षाका लागि मच्छिन्द्र क्लबमा खटाएको थियो ।

 

थापालाई काठमाडौंको बाङ्गेमुढाबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख रामदत्त जोशीले जानकारी दिए । दुईबीच ड्यूटी समयको विषयमा विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तर थापाले प्रहरीसँगको बयानमा इट्टाले टाउकोमा प्रहार गरेको स्वीकार गरेका छन् ।

विशेष