अपराध सुरक्षा

पेशेवर डाका पक्राउ, यी हुन् डाका

पेशेवर डाका पक्राउ, यी हुन् डाका

काठमाडौं । भक्तपुर सुर्यबिनायक नपा वडा न ८ गणेश चोक स्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने राम बहादुर तामाङको डेरा कोठामा प्रवेश गरी पेस्तोल खुकुरी देखाई बोले कराएमा ज्यान मार्ने धाक धम्की दिई डर त्रास देखाई परिवार लाई हात खुट्टा डोरीले बाँधी नियनत्रणमा लिई कोठामा भएका नगद तथा सुनका बिभिन्न गर गहना मोवाईल समेत रु १६,०७,९०० बराबरको धनमाल डाका गरी लाने कार्यमा सम्लग्न रहेका निम्न मानिसहरुलाई यस महाशाखाबाट खटिएको टोलीले डांका गरि लगेको बिभिन्न धनमाल सहित उपत्यकाका बिभिन्न स्थान बाट पक्राउ गरी डाका चोरी मुद्धामा पक्राउ गरिएकाे छ ।


उनिहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि आज प्रहरी परिसर भक्तपुर पठाएको केन्द्रिय अपराध अनुसन्धान ब्यूरोले जनाएको छ ।

 

अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछ गर्दा निज हरु मध्ये भोज बहादुर थापा मगर , मिलन भन्ने रत्न बहादुर तामाङ यस भन्दा अगाडी पनि बिभिन्न डांका तथा चोरी केशमा सम्लग्न रहदै आएकोमा अन्तिम पटक निजहरु मिति २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा जेल छुटेका थिए ।
उनीहरुले विभिन्न व्यक्तिबाट मोटरसाइकल सहित नगद र गरगहना लुटपाट गरेका थिए ।


यी हुन् पक्राउ परेका व्यक्ति

रामेछापको भोज बहादुर थापा मगर, सिन्धुलीको मिलन भन्ने रत्ना बहादुर तामाङ,काभ्रेको बिण्णु भन्ने अमृत तामाङ र काभ्रेकै सानुकान्छा ब्लोन

यी हुन् फरार व्यक्ति

टोकल भन्ने रोहित बहादुर थापा मगर, वाईबा भन्ने दिर्घ बहादुर तामाङ, बिनोद तामाङ रहेको सीआइबीले जनाएको छ ।

विशेष