अपराध सुरक्षा

यी हुन् नक्कली डाक्टर (नामावलीसहित)

यी हुन् नक्कली डाक्टर (नामावलीसहित)

काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नक्कली डाक्टर’को आरोपमा पक्राउ परेकोको नाम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका अधिकांश चिनियाँ भएको खुलेको छ ।

 

सीआईबीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा पाँच अस्पतालमा छापा मारेर १७ जनालाई पक्राउ गरेको थियो । तीन जना संचालकसहित १४ जना डाक्टर पक्राउ परेका हुन् । पक्राउ परेका डाक्टरमध्ये एक जना अष्ट्रेलियन छन् भने बाँकी सबै चिनियाँ भएको खुलेको छ ।

 

उनीहरुले नेपालमा बस्नको लागि अस्थायी वा स्थायी कुनै पनि प्रकारको काम गर्ने स्वीकृति नलिनुका साथै मेडिकल काउन्सिलले लिने परीक्षा पनि पास नगरेको सीआईबीले जनाएको छ ।

 

प्रहरीले एपोलो अस्पताल, ठमेलबाट ९ जनालाई पक्राउ परेको थियो । पक्राउ परेकाहरु मध्ये मीनाकुमारी श्रेष्ठ अस्पताल सञ्चालक हुन् भने ८ जना चिनियाँ नागरिक हुन् ।

 

सीआईडब्लूईसी अस्पतालबाट भने अष्ट्रेलियन नागरिक र अस्पताल सञ्चालक प्रतिभा पाण्डे पक्राउ परेका छन् ।

 

चाइना ग्रेट वाल हेल्थ सेन्टर, बौद्धबाट दुई चिनियाँ र सञ्चालक नारायण तिमिल्सिनालाई पक्राउ गरिएको छ ।

 

चाइना पिपुल हस्पिटल बौद्धबाट दुई चिनियाँ र चाइना डेन्टल हस्पिटलबाट एक चिनियाँलाई पक्राउ गरिएको छ । अनधिकृत रुपमा काम गरेको तथा चिकित्सकीय अध्ययन नभएकाहरुले अस्पताल चलाएको उजुरीका आधारमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसैबीच सीआईबीले पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमाति लिएको छ । प्रहरीले उनीहरुविरुद्ध ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेहरुः

विशेष