अपराध सुरक्षा

क्रिकेटर पृथु बाँस्कोटासँग ३३ लाख बिगो दाबी माग गर्दै मुद्दा दायर

क्रिकेटर पृथु बाँस्कोटासँग ३३ लाख बिगो दाबी माग गर्दै मुद्दा दायर


काठमाडौं । क्रिकेटर पृथु बाँस्कोटासहित १० जनाविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरिएको छ । ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरिएको छ।

डेजा भू क्लबमा अमेरिकन डिजे मार्समेलोलाई ल्याउने भनेर टिकट बिक्रि गरी ठगी गरेको भन्दै कार्यक्रममा आयोजक र क्लबका संचालकलाई प्रहरीले ठगी मुद्दा दायर गरेको हो। डिजे मार्समेलो नआएपछि गत मंसिर २७ दरबारमार्गको डेजा भू नाइट क्लबमा तोडफोड भएको थियो ।

पृथुसहित सञ्चालकहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी र आयोजकहरु रितेश माडवारी र राजेश महर्जलनाई पनि मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले बताए। पृथुसहित सात जनालाई मंसिर २८ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ। क्लबका केही संचालकलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ।

प्रहरी अनुसन्धानमा मार्समेलो काठमाडौं आएको तर बिरामी भएपछि क्लब जान नसकेको खुलेको छ। होटल द्वारीकाजमा बसेका उनलाई फुड प्वाइजन भएको थियो। बिरामी भएपछि उनले फेसबुक र ट्वीटरमार्फत माफि मागेका थिए। कार्यक्रमका आयोजक र संचालकले भने टिकटको पैसा फिर्ता दिने मौका समेत नदिई आफुहरुलाई पक्राउ गरेर अन्याय गरेको आरोप लगाएका छन्।

विशेष