अर्थ

नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास

नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास

काठमाडौं। नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ ।

पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।

वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई हेरिएको छ । राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई वर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो ।

‘पाइप आए पनि नयाँ प्रधानमन्त्रीबाट शिलान्याश गर्ने सन्देश आएको छ,’ निगमका एक अधिकारीले भने, ‘निर्माण सुरु गर्न केही समय लाग्ने देखिएको छ ।’ –नागरिक दैनिकबाट

विशेष