अर्थ

अनिल शाहको नियुक्ति खारेज, नबिल बैकले अर्को सिईओ नियुक्त गर्दै

अनिल शाहको नियुक्ति खारेज, नबिल बैकले अर्को सिईओ नियुक्त गर्दै


काठमाडौं । नविल बैंकले अनिल शाहको नियुक्ति खारेज गरेको छ। नविल बैंकको सञ्चालक समितिले शाहलाई पुस १३ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

नेपाल राष्ट्र बैंकले २०७४ पुस १३ गते निर्देशन जारी गर्दै एक संस्था छोडेको ६ महिना सम्म अर्को संस्थाको प्रमुख हुन् रोक लगाएको थियो।

शाहले मंसिर २३ गतेबाट दुई कार्यकाल पुरा गरि मेगा बैंकबाट अवकाश लिएका थिए।

शाहलाई नविलले पुस १३ गते नियुक्त गरे पनि उनको कार्यकाल भने फागुन ५ गतेबाट सुरु हुनेवाला थियो।

राष्ट्रबैंकको निर्देशनका कारण शाह जेठ २२ सम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी हुन पाउँदैनन्।

राष्ट्र बैंकको नियमानुसार अनुसार बैंक वित्तीय संस्थाले प्रमुख कार्यकारी पद तीन महिनाभन्दा खाली राख्न पाउँदैनन्।

अनिल शाहलाई जेठसम्म पर्खिनका लागि राष्ट्र बैंकको निर्देशनले रोक्ने भएकाले उनको नियुक्ति खारेज गरिएको बैंकले जनाएको छ।

विशेष