अर्थ

पुस २१ देखि ‘हिमालयन हाइड्रो एक्स्पो’

पुस २१ देखि ‘हिमालयन हाइड्रो एक्स्पो’

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन् लागेको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो को तयारी पुरा भएको आयोजकले जनाएको छ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इपान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको आयोजनामा पुस २१ देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ आयोजना हुन लागेको हो।

एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारी गर्ने आयोजकले जानकारी दिएका छन्। एक्स्पोको उद्घाटन कार्यक्रम आउँदो शुक्रबार गरिनेछ। ७ वर्षमा १७ हजार मेगावाट विद्य‌ुत्‌ उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई मेलाले सहयोग पुर्‍याउने आयोजकले दाबी गरेका छन्।

राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन्।

साथै एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत कम्पनीको समेत सहभागिता रहनेछ।

विशेष