अपराध सुरक्षा

लागूअाेषधसहित चार जना पक्राउ

लागूअाेषधसहित चार जना पक्राउ

मकवानपुर : हेटौंडा उपमहानगरपालिका–१५ पिपल चौतारास्थित पूर्व–पश्चिम राजमार्गबाट तीन जनालार्इ लागूअाैषधसहित प्रहरीले पक्राउ गरेकाे छ । 

राजमार्गमा सवारी जाँच गर्ने क्रममा ना.२८ प ३४४८ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय गणेश लामा थिङलाई ६ किलो ५ सय ग्राम तथा साथै सोही ठाउँ बस्ने ना.१५ प १२४५ नम्बरको मोटरसाइकलका चालक २१ वर्षीय साजन थिङ र मोटरसाइकलमा सवार २१ वर्षीय मनोज लोप्चनलाई १२ किलो ८ सय ग्राम लागूऔषध गाँजा तथा २ वटै मोटरसाइकल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

रौतहट : गरुडा नगरपालिका–१ जयनगरस्थित सडकबाट सोही ठाउँ बस्ने ३३ वर्षीय शिवशंकर पाण्डेलाई ४ केजी लागूऔषध चरेश सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Drug Trafficking

विशेष