अर्थ

ग्याँसको विक्री वितरण बन्द, हुने भयो बजारमा फेरि अभाव

ग्याँसको विक्री वितरण बन्द, हुने भयो बजारमा फेरि अभाव


विराटनगर । मोरङका ग्यास बिक्रेताले खाना पकाउने ग्यासको बिक्रीबापत पाइने कमिसन वृद्धिको माग गर्दै बुधबारदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन्।

बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन्। ग्यास बिक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिसन वृद्धि नगरेको जनाएको छ। अहिले बिक्रेताले प्रतिसिलिन्डर रु ३५ कमिसन पाउँदै आएका छन्।

महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले कमिसनको रकम बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा दुई पटक बैठक बसे पनि कुनै निर्णय नभएपछि बाध्य भएर बिक्री वितरण बन्द गर्नुपरेको बताए। विराटनगरमा हाल ग्यासको मूल्य रु एक हजार ३५५ रहेको छ।

विशेष