अपराध सुरक्षा

रुपन्देहीमा काठ व्यवसायीको गाेली हानी हत्या

रुपन्देहीमा काठ व्यवसायीको गाेली हानी हत्या

काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिकामा काठ व्यवसायीको गोली हानी हत्या भएको छ । शुक्रबार मध्यान्ह वसन्त पौडेलको गोली हानेर हत्या गरिएको हो ।

अपरिचित समूहले गोली हानेर पौडेलको हत्या गरेको प्रहरीले जनाएको छ । देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला उनीमाथि गोेली प्रहार भएको थियो

गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

विशेष