अपराध सुरक्षा

क्लब काण्डमा पक्राउ परेका क्रिकेटर पृथु ४५ हजार धरौटीमा छुटे

क्लब काण्डमा पक्राउ परेका क्रिकेटर पृथु ४५ हजार धरौटीमा छुटे

काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका क्रिकेटर पृथु बास्कोटासहितका डेजाभु क्लबका पाँच सञ्चालक जनही ४५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। चर्चित अमेरिकी डिजे मार्समेलोको कार्यक्रमकाे नाटक गरी ठगी गरेकाे अाराेपमा उनीहरूलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे ।

केही साताअघि राजधानीको चर्चित नाइट क्लब डेजाभुमा मार्समेलोले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भए पनि उनी नआएपछि आक्रोशित दर्शकले मध्यरातमा तोडफोड गरेका थिए। त्यसको भोलिपल्ट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेजाभुका सन्चालक र मार्समेलो कार्यक्रम आयोजक रितेश मारवाडी र राजिव महर्जनलाई पक्राउ गरेको थियो।

काठमाडौं प्रहरी परिसरमा दर्ता भएको मुद्दामा उनीहरुमाथि करिब ३३ लाख रुपैयाँ ठगी गरिएको आरोप लागेको थियो। रितेश र राजिव जनही दुई लाख १५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। मार्समेलोले भने आफू विरामी भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेको स्पष्टीकरण सामाजिक सन्जालमार्फत दिएका थिए।

विशेष