अपराध सुरक्षा

ए... दिन्नस कति पैसा चाहियो भन्दै एयरलाइन्सकै स्टेशन म्यानेजर कोठामा छिरेपछि...

ए... दिन्नस कति पैसा चाहियो भन्दै एयरलाइन्सकै स्टेशन म्यानेजर कोठामा छिरेपछि...

नेपालगञ्ज । दुई पुरुष र दुई महिला । चारै जना बाह्मासे । अंग्रजी नयाँ वर्षको अघिल्लो रात । सधैंझैं यौन प्यास मेट्ने योजना बन्यो । एक रातको ५ हजार रुपैयाँ लिनेदिने सहमति भयो । २ जना १० हजार रुपैयाँमा बुक भए, बाँके जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो । दुईमध्ये एक बर्दियाकी लक्ष्मी (नाम परिवर्तन) थिईन । रञ्जन गुरुङ (नाम परिवर्तन) ले लक्ष्मीलाई एक जना अर्को साथी लिएर आउन भन्यो, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्याल भन्छन् त्यसपछि लक्ष्मीले सुमित्रा (नाम परिवर्तन) लाई बोलाई अनि दुबै होटल पुगे ।

एक एयरलाइन्सका नेपालगन्जस्थित स्टेशन म्यानेजर र उनका साथी रञ्जन गुरुङ दुबै सर्खेतका बासिन्दा हुन् । ६ नम्बर प्रदेशका उनीहरुले ५ नम्बर प्रदेश बाँके र बर्दियाका दुई युवतीलाई योजना अनुसार होटल पु¥याए । होटल कृष्णा एन्ड सिग्नेटमा ३०१, ३०५ र ३२१ नम्बरका ३ वटा कोठा पहिलेदेखि नै बुक थिए । पहिलो चरणमा चारै जना मदिरापानमा लिप्त भए । साथीहरुबीचको सहमतिअनुसार म्यानेजर एउटा कोठमा, गुरुङ र सुमित्रा अर्को कोठामा सँगै सुते भने लक्ष्मी अर्को कोठामा एक्लै थिईन् । आधा रात बित्यो । त्यसपछि रञ्जन गुरुङ सँगै भएकी सुमित्रालाई छोडेर लक्ष्मीको कोठामा पसे । ए ...दिन्नस् । कति पैसा चाहियो ? विवाद बढ्दै गयो । उनीहरुबीच कपडा तानातान भयो । टेबुलको रक्सीको बोतल फुट्यो । नाकमा सिसाले काटेर चोट लाग्यो । रगत बग्यो । लक्ष्मी निर्वस्त्र थिइन् । जीउमा पेन्टी मात्र थियो । रञ्जनले लक्ष्मीलाई जबरजस्ती ग¥यो, केटीको बयान उद्धृत गर्दै डिएसपी राजेन्द्र अर्याल भन्छन् नमानेपछि राम्री छु भनेर घमण्ड गर्ने भन्दै फुटेको बोतलले हानेका कारण अनुहारमा चोट लागेको छ । त्यसपछि आफूमाथि जबरजस्ती गरिएको पीडितको बयानमा उल्लेख छ । सँगैका स्टेशन म्यानेजले जबरजस्ती गरे गरेनन्, दुबै युवतीको बयानमा उल्लेख नभएको प्रहरी सूत्र बताउँछ ।

निकै चर्काचर्कीपछि बाथरुम पसेकी लक्ष्मीले चुक्कुल लगाएर जिल्ला प्रहरीको १ सय नम्बरमा फोन गरिन् । उनले आफूलाई जबरजस्ती गर्ने गुरुङलाई पनि फोन गर्दै किन यस्तो गर्नुभयो भन्दै त्यसो नगर्न अनुरोध गरिन् । भाग्न सक्ने भएपनि लक्ष्मीको जीउमा कपडा थिएन । कसरी भाग्ने ? नाङ्गै थिएँ, पीडितको बयान उद्धत गर्दै प्रहरी स्रोतले भन्यो । अन्ततः जिल्ला प्रहरीको टोली उक्त होटलमा पुग्यो र चारै जनालाई नियन्त्रणमा लियो ।

त्यति बेलासम्म रातको २ बजिसकेको थियो । दुबै जना युवतीले आफ्नो पेसा नै यौन व्यवसाय भएको भन्दै सुरुमा मुद्दा दर्ता गर्न मानेका थिएनन् । प्रहरीले पक्राउ गरेपछि लक्ष्मी र सुमित्राले आफूहरु पेसेवर भएको भन्दै मिलाएर छोडिदिन आग्रह गरे । प्रहरी पनि सहमतिमा भैको क्रियाकलाप भन्दै उनीहरुलाई छाड्ने मनस्थितिमा पुग्न लागेको थियो । यता घटनाको सूचना माथिसम्म पुगिसकेको थियो । माथिल्लो स्तरमा प्रहरी अधिकारीले फोन गरे । के हेरेर बसेको मुद्दा नचलाएर ? उच्च अधिकारीको यस्तो दबाबपछि अहिले कुटपिट र जबरजस्ती करणीअन्तर्गत ती दुई पुरुषविरुद्ध मुद्दा दायर गरिएको छ । सँगै रात बिताए पनि सुमित्राले भने आफ्नो बयानमा कसैमाथि कुनै आरोप नलगाएको प्रहरीले जनाएको छ ।

यो घटना सार्वजनिक भएपछि विभिन्न प्रश्न उठेका छन् । यो परस्पर सहमतिमा भएको यौन काण्ड हो कि साँच्चिकै बलात्कार हो ? गहन अनुसन्धान हुन बाँकी नै छ । उता बलात्कारको उजुरी गर्र्ने युवतीमाथि बयान फेर्न दबाब परेको प्रहरी स्रोत बताउँछ । नेपालगन्जमा यसरी मिलेमतोमा पहिले शारीरिक सम्पर्क राख्ने र पछि बलात्कारको उजुरी दिएर ब्लाकमेल गरी मोटो रकम असुलिने गुनासो समेत सुनिन थालेको छ । कान्तिपुर साप्ताहिकबाट

विशेष