दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

दाङ । लमही नगरपालिकाका दुर्इ कर्मचारीलार्इ अख्तियारले घुस लिँदालिँदै पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा नगरपालिकाकाे नक्सा फाँटमा कार्यरत सव–अाेभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपाली छन् । उनीहरुलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोग, कोहलपुरको टोलीले सुराकीको आधारमा नक्सा पास गरिदिनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
dang