अपराध सुरक्षा

चालिस लाख हिनामिना गर्ने बैकका कर्मचारी पक्राउ

चालिस लाख हिनामिना गर्ने बैकका कर्मचारी पक्राउ

काठमाडौं । सिभिल बैंकका एक कर्मचारीले आफ्नै बैंकको ४० लाख रुपैयाँ हिनामिना गरेका छन्। बैंकको बौद्ध शाखामा कार्यरत कर्मचारी महेश्वर डंगोलले रकम हिनामिना गरेका हुन्।

इन्टरनेट बैंकिङमार्फत रकम अनाधिकृत रुपमा आफ्नो खातामा जम्मा गरेका हुन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको छ। सिआईबी स्रोतका अुनसार बैंककै जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।

४० लाख रुपैयाँ गायब भएपछि बैंकले अनुसन्धानका लागि सिआईबीमा उजुरी दिएको थियो। सिआईबीले अनुसन्धान गरी कर्मचारीले नै इन्टरनेट बैंकिङ अनाधिकृत रुपमा आफ्नो खातामा पैसा ट्रान्सफर गरेको खुलेको हो। पक्राउ परेका डंगोललाई प्रहरीले बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाएको छ। उनको बैंक खाता पनि रोक्का गरिएको छ।

बैंकलाई थाहा नहुने गरी पटक पटक गरेर उनले त्यसरी अनाधिकृत रुपमा पैसा आफ्नो खातामा सारेका हुन्। केही ग्राहकको रकम समेत उनले आफ्नो खातामा सारेको आशंका गरिएको छ।

विशेष