अपराध सुरक्षा

२६ जनालाई ठगी गरेको आरोपमा ब्लुस्टार म्यानपावरका सञ्चालक पक्राउ

२६ जनालाई ठगी गरेको आरोपमा ब्लुस्टार म्यानपावरका सञ्चालक पक्राउ

काठमाडौं । बैदेशीक राजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ब्लुस्टार म्यानपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइवीले पक्राउ म्यानपावरले सञ्चालक राम घिमिरे र सञ्जय उप्रतीलाई पक्राउ गरेको हो ।

कुवेत पठाइदिने भन्दै २६ जनाबाट १० लाख ६५ हजार रुपैयाँ लिए पनि नपठाएको भन्ने उजुरीका आधारमा पक्राउ गरेको सिआवीले जनाएको छ । उनीहरुको साथबाट ३ सय ७१ वटा पासपोर्ट, भिसा इन्ट्री रजिष्टर, स्वीकृती नलिएको भिसा लेटर र विभिन्न व्यक्तिले गरेका आइएमइका रसिद पनि बरामद गरिएको छ ।

कुवेत, युएई, कतार, साउदी लगायतका देशबाट माग नआएपनि ३ सय ७१ जनाबाट पैसा असुलेको गुनासो आउन थालेपछि म्यानपारको कार्यालय नै सारेको पनि प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सिआवीले जानकारी दिएको छ ।

manpower

विशेष