१० वर्षकी बालिकाकाे बलात्कारपछि हत्या
जनकपुर। धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ ।
घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् ।
घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ । एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन् ।
कान्तिपुर दैनिकबाट ।