अर्थ

सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदै ?

सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदै ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । 

 

 

शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबारघटेर सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

 

 

शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार घटेर बजारमा सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार पनि चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।

सुनको भाउ नेपाली बजार

विशेष