अर्थ

साउनदेखि असोजसम्ममा झण्डै डेढ खर्ब राजस्व संकलन

साउनदेखि असोजसम्ममा झण्डै डेढ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले २ महिना १३ दिनमा (साउनदेखि असोज १३ गतेसम्म)  १ खर्ब ४३ अर्ब ३० करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व संकलन झण्डै डेढ खर्बको हाराहारीमा पुगेको छ ।

 

सरकारको प्राथमिकता राजस्व संकलन भए अनुरुपनै बजेट खर्चभन्दा राजस्व संकलन बढी भएको छ । यस अवधिमा बजेट खर्च १ खर्ब ३० अर्ब ५६ करोड ९७ लाख रुपैयाँ भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो कुल बजेटको ९.९३ प्रतिशत खर्च हो ।

 

यस अवधिमा चालूतर्फ १ खर्ब २१ अर्ब १९ करोड ८५ लाख रुपैयाँ भएको छ । यो सम्पूर्ण खर्चमा १४.३४ प्रतिशत खर्च हो ।  पुँजीगततर्फ ८ अर्ब १८ करोड ७५ लाख रुपैयाँ भएको छ । यो भनेको सम्पूर्ण खर्चको २.६१ प्रतिशत हो ।  वित्तियतर्फ भने १ अर्ब १८ करोड ३७ लाख रुपैयाँ भएको छ ।  

 

सरकारको बजेट बचतमा छ । खर्च र राजस्वको अनुपात हेर्दा १२ अर्ब ७३ करोड ५ लाख रुपैयाँ बचतमा छ । चालू आर्थिक वर्षको बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको  हो । 
 

राजस्व संकलन १ खर्ब ४३ अर्ब ३० करोड ५१ लाख २ महिना १३ दिनमा

विशेष