अर्थ

तीन महीना सकिँदा ७ प्रतिशत मात्र पूँजीगत खर्च

तीन महीना सकिँदा ७ प्रतिशत मात्र पूँजीगत खर्च

काठमाडौं । सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको भए पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ । 

 

 

 

सरकारले सार्वजनिक गरेको चालू आव शुरु भए यता सोमबारसम्मको राजश्वको लक्ष्य र खर्चको विवरणअनुसार पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको हो । 

 

 

 

चालू आवको तीन महीना सकिँदा ७ दशमलब २० प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको छ । चाडबाड तथा ठेक्का प्रक्रियामा समय लागेका कारण पनि खर्चमा सोचेअनुसारको प्रगति हुन नसकेको हो । 

 

 

 

सरकारले गत जेठ १५ गते चालू आवको बजेट प्रस्तुत गरेको थियो । खर्चको अख्तियारीसमेत समयमै दिएको थियो । तर यस अवधिमा विकास निर्माणको कामले भने सोचेअनुसार प्रगति हुन सकेको छैन । 

 

 

यस्तै सोमबारसम्म सरकारले रु दुई खर्ब ३१ अर्ब ३८ करोड बराबरको राजश्व संकलन गरेको छ । सरकारले चालू आवमा नौ खर्ब ४५ अर्ब ५६ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । कूल लक्ष्यको २४ दशमलव ५२ प्रतिशतले राजश्व संकलन भएको छ । 

पूँजीगत खर्च

विशेष