अर्थ

सुनको भाउ ६ वर्ष यताकै उच्च, अझै महंगीन सक्ने

सुनको भाउ ६ वर्ष यताकै उच्च, अझै महंगीन सक्ने

काठमाडौं । सुनको मूल्य ६ वर्ष यताकै महंगो भएको छ । बिहीबार सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो ।

 

 

 

त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ ।

 

 

 

यो वर्ष लागे पछि सुनको झण्डै ५ हजार रुपैयाँले बढ्यो । गएको वैशाख महिनामा ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा त्यसपछि निकै उतारचढाव आयो । गएको साउन ३० गते तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ४ सय रुपैयाँमा पुगेको छ ।

 

 

 

अन्तर्राष्ट्रिय बजारमा सुन महंगिएकाले नेपाली बजार पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी  महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार सुनको भाउ आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस १२ सय ३८ डलर  छ ।

 

 

 

यो दसैंमा प्रतिऔंस १२ सय २१ देखि १२ सय ३० डलरको हाराहारीमा रहेको भाउ हिजोदेखि बढ्न थालेको हो । बुधबारभन्दा शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ६ डलरले बढेको शाक्यले बताए । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने देखिएको पनि उनले बताए ।

सुनको भाउ

विशेष