सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार ६ वर्ष यताकै महंगो भएको सुनको मूल्य शुक्रबार भने तोलामा दुई सय रुपैयाँले ओरालो लाग्दै प्रतितोला ६० हजार २ सय रुपैयाँमा पुगेको छ ।
सुन बिहीबार तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन २०६९ साल भदौ पछिकै सबैभन्दा महंगोमा कारोबार भएको थियो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घट्दै प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य