अर्थ शेयर

शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ । 

 

 

लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर ३७ करोड १६ लाख ५६ हजार ९२३ मूल्यमा खरीद बिक्री भएको छ । 

 

 

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.२९ बिन्दुले बढेर २५८.८२ बिन्दुमा पुगेको छ । कूल दश उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । 

 

 

 

अन्य समूह ३.९५ र जीवन बीमा ४.७१ बिन्दुले घटेको छ । बैंकिङ ७.६१, होटल ४८.४३, विकास बैंक ११.८७, जलविद्युत् एक, फाइनान्स १.९२, निर्जीवन बीमा ३०.५, उत्पादन १३.५६, माइक्रो फाइनान्स ९.०२ बिन्दुले बढेको छ । 

 

 

 

स्टकका अनुसार नाडेप, सेन्ट्रल फाइनान्स लिमिटेड, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने मन्जुश्री फाइनान्स लिमिटेड र न्यादी ग्रुप पावर कम्पनीका शेयरधनीले भने सोमबार गुमाएका छन् ।

 

 

 

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । सो आवमा संस्थाले ४१ लाख नौ हजार ३ सय ३५ रुपैयाँ मुनाफा गरेको थियो । 

धितोपत्र बजार शेयर सामान्य सुधार

विशेष