दसैंको मुखमा सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।
आइतबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार घटेर सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार घटेर प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, सोमबार चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार घटेर चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य